
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम मौका रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि बोलपत्र संकलन प्रक्रिया सुरु गरेको हो।
यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अंशलाई कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो।
यसअन्तर्गत संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर उपलब्ध छन्। यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ कम्तीमा १०० कित्ता शेयरका लागि आवेदन अनिवार्य रहनेछ। अधिकतम संख्यामा भने कुनै सीमा राखिएको छैन।
धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ। साथै, लगानीकर्ताले बोलपत्र मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयबाट पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन