सयर बजारमा २२ अंकको गिरावट, कारोबार रकम ३ अर्ब १० करोड

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि आज २.९२ अंकले घटेर ४३७.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको बढेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३१८ कम्पनीका ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३५ हजार ७५० पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार