
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१७ अकंले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोडको कारोबार भएको हो ।
आज ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशतले सेयर मूल्य बढेको छ । बुधबार १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने स्थिर देखिएको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३२ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह