म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–० ले हराएको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरको १ हजार खेलमा सिटी दमदार प्रदर्शनका साथ जित निकाल्यो ।

घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे । हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि भर्जिल भान डाइकले बराबरी गोल गरे। तर भिएआर परिक्षणपछि उनको गोल अफसाइडका कारण अस्वीकृत भयो ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा गोनजालेजको प्रहार विपक्षी खेलाडीबाट डिफ्लेक्ट भएर गोल हुँदा सिटीले पहिलो हाफमै २–० ले अगाडि बढ्यो । ६३औं मिनेटमा क्लबसँगको आफ्नो १ सयौं खेल खेलिरहेका डोकूले आकर्षक गोल गर्दै जित पक्का गरे ।

यो जितपछि सिटी २२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको आर्सनल भन्दा सिटी ४ अंकले मात्र पछि छ। लिभरपुल ११ खेलपछि १८ अंकसहित आठौं स्थानमा झरेको छ । आइतवारका अन्य खेलमा एस्टन भिल्लाले बोर्नमाउथलाई ४–१ ले, बेनफोर्डले न्युक्यासललाई र नटिङघम फरेस्टले लिड्सलाई समान ३–१ ले हराएको छ। क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार