
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङस विजयी भएको छ । आजको पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पारजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको साविक विजेता जनकपुरले १२६ रन मात्रै बनाउन सक्यो । उसका लागि जान निकोल लोफ्टी–इटनले सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै लाहिरु मिलान्थाले २३ रनको योगदान दिए भने सञ्जय कृष्णमूर्तिले २० रनको योगदान दिए । विराटनगरका लागि सन्दीप लामिछानेले सार्वधिक ४ विकेट लिए । सूर्य तामाङले २ विकेट लिए । मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेलले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो । विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर अहमदले ३६ रनको योगदान दिए । त्यस्तै लोकेश बमले २८ रन बनाए भने मार्टिन गुप्टिलले १३ रनको पारी खेले ।
जनकपुरका लागि रुपेश सिंहले ३ विकेट लिए । त्यस्तै संगीत कुरेले दुई विकेट लिए । आदित्य महात्तोले १ विकेट लिए । सुरुका दुई खेलमा अपराजित रहेको विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय