
काठमाडौं । यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको छ । साताका सबै कारोबार दिन बढेको नेप्से परिसूचक ४.५२ प्रतिशतले बढेको हो ।
गत साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको छ । दुई कारोबार दिन उच्च अंकले बढेको बजार त्यस पछिका तीन दिन भने सामान्य अंकले बढेर कारोबार भएको थियो । त्यस्तै यो साता फ्लोट इण्डेक्स २१.०१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ८.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.६९ अंक बढेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५९.२२ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५१.०३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ५५.३७ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ९४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.२४ प्रतिशत बढेको छ । गत साता ७३७७.८६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५३४.३३ अंक बढेर ७९१२.१९ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १२ हजार ७२९.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०४.०३ अंक बढेर १३ हजार ६३३.४१ विन्दुमा पुगेको छ ।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सबैभन्दा कम बढेको छ। गत साता ३८२१.१० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.२० प्रतिशत बढेर ३८२८.८१ विन्दुमा पुगेको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू