
काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन सिटिजन लाइफ इन्स्योरेन्स र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोली अर्थात पुस ८ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सिटिजन लाइफ इन्स्योरेन्सले पुस १८ गते, शुक्रबार, आम्रपाली ब्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, एचआईडिसिएलले पुस २१ गते, सोमबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै