
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आफ्ना बीमितिका लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो ।
नयाँ बोनसदर अनुसार बीमितले बीमालेख र बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस पाउने भएका छन्। यो बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरूमा लागू हुने र अर्काे बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्म मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बीमालेखहरूमा पनि कायम रहने कम्पनीले स्पष्ट पारेको छ ।
नयाँ बोनसदर अनुसार सावधिक बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिइने भएको छ। त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिकमा ५७ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) मा ५२ रुपैयाँ र जीवन उपहार (सावधिक) मा ३७ रुपैयाँ बोनस दिइने भएको छ ।














समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू