
काठमाडौं । विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्सद्धारा जारी इन्कोटम्र्स २०२० को प्रभावकारिताबारे चेम्बर पदाधिकारी, बैकर, वित्त विशेषज्ञ र सरोकारवालाबीच छलफल भएको छ । नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक हीरक जयन्तीका अवसरमा नेपाल चेम्बर अफ कमर्स आईसीसी डेस्क तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्स आईसीसी मुुख्यालयको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा चेम्बर हीरक जयन्ती मुुल समारोह समितिका सभापति एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुुख अर्थतन्त्र भएको मुुलुकका लागि अन्तराष्ट्रिय व्यापारलाई सुुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्रबैंक, बैंक तथा बीमा कम्पनीहरु एवं आयात तथा निर्यातकर्ताहरुबीच आपसी समन्वय आवश्यक रहेको बताए । इन्कोटम्र्स २०२० ले क्रेता र विक्रेताबीचको जिम्मेवारी, जोखिम र लागत स्पष्ट रुपमा निर्धारण गर्न महत्वपुुर्ण भूूमिका निर्वाह गर्ने उनले बताए । नेपालको विद्यमान आयात निर्यातको अभ्यास एवं अन्तराष्ट्रिय रुपमा मान्य मापदण्डहरुबीच ज्ञान आदान प्रदान गर्न इन्कोटम्र्स २०२० महत्वपुुर्ण भएको उनको भनाइ छ ।
हीरक जयन्ती मुुल समारोह समितिका सभापति श्रेष्ठले भने, ‘भारत तथा चीनजस्ता छिमेकी मुुलुुकहरुसंग स्थलमार्ग मार्फत नेपालले आयात निर्यात गर्ने गरेको छ, तर यी व्यापारिक कारोबार गर्ने क्रममा समुुन्द्री ढुुवानीका लागि प्रयोग हुने इन्कोटम्र्सहरु स्थलमार्गको व्यापारमा प्रयोग हुदा सरोकारवालाबीचको स्पष्ट बुुझाईको अभावमा लेनदेन तथा भन्सार प्रक्रीया र बैङिकङ कारोबारमा भने समस्या उत्पन्न हुने गरेको छ ।’ कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले इन्कोटम्र्स २०२० प्रयोगका क्रममा साना मझौला तथा नया“ व्यवसायीहरुमा सचेतना तथा प्राविधिीक ज्ञानको अभाव रहेको बताए । नेपालमा इन्कोटम्र्स २०२० सम्वन्धी औपचारिक तालिम वा सचेतना कार्यक्रमहरु सिमित छन, कतिपय अवस्थामा आयात निर्यात कर्तासंगै भन्सार तथा व्यापार सहजीकरणमा संलग्न कर्मचारीमा समेत यसको जानकारीमा कमि देखिएको उनको भनाइ छ । अध्यक्ष अग्रवालले नेपाल भूुपरिवेष्ठित देश भएकाले कमजोर यातायात पूर्वाधार र कोलकोत्ता तथा विशखापट्नम जस्ता भारतीय बन्दरगाहहरुमा निर्भर रहनुुपर्दा ढुुवानीसंग सम्वन्धित इन्कोटम्र्सको प्रयोग भने जटिल बनेको बताए ।












समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन