
चितवन। जिल्लाका मौरीपालक किसानका लागि आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । मौरीपालन विकास केन्द्र भण्डाराले राप्ती नगरपालिकामा मौरीपालन गर्ने १४ किसानलाई पाठशालामार्फत मौरीपालन व्यवसायमा लाग्ने रोग किरा व्यवस्थापनसँगै विषादीले मौरीमा पार्ने असरका बारेमा ज्ञान दिएको हो ।
कार्यालयका प्रमुख सुजन अङ्गाईका अनुसार गत भदौदेखि सुरु गरिएको पाठशालामा मौरीको जीवन चक्र, मौरीको कृत्रिम आहारहरु, मौरीमा लाग्ने रोग किरालगायत मौरीको परागसेचन भूमिकाका विषयमा कृषकलाई जानकारी गराइएको थियो । पाठशालामा मौरीमा रोग किराको व्यवस्थापन घरेलु तथा प्राङ्गारिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान दिइएको थियो ।
मौरीमा लाग्ने किरा तथा रोगको समाधानका लागि विभिन्न घरेलु औषधिहरु जस्तै बोझो, कडिपत्ता, गिदरी, अमलाको झोलको प्रयोग गर्न सकिने कक्षामा जानकारीसहित प्रयोगात्मक तवरले समेत देखाइएको छ । मौरीमा सुलसुले, मैनपुतली, खपटे, युरोपियन फाउल ब्रुर्ड, नोसेमा (पखाला) जस्ता रोग किराहरु लाग्ने हुँदा यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पाठशालामा जानकारी गराइएको थियो ।
पाठशाला १६ हप्तासम्म सञ्चालन हुने छ । तालिममा सहभागीमध्ये लक्ष्मण थापा यस पाठशाला किसानका लागि उपयुक्त भएको बताउँछन् । उनका अनुसार मौरीबाट हुने फाइदा, बेफाइदाका कुरासँगै व्यावसायिक रुपमा मौरीपालन गर्नलाई सहजीकरण पाठशालाले पुगेको छ ।
उनले भने, “धेरै कुरा सिक्यो र सिक्दैछौँ । यसलाई व्यवहारमा उतार्न हामी लाग्छौँ ।” अहिले आफूले तीन घार मौरीपालन गर्दै आएको तालिमपछि यो सङ्ख्या बढाउँदै व्यावसायिक गर्ने योजना रहेको उनले बताए।
जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या ४५० जना रहेका छन् । यहाँ १९ हजार ५०० घार सङ्ख्या रहेका छन् । ती घारबाट वार्षिक ५०० मेट्रिकटन मह उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । जसमध्ये चिउरी र तोरीको मह ७५ प्रतिशत उत्पादन हुने गरेको छ । बाँकी २५ प्रतिशत रुदिलो, फापर, लिच्ची, पड्केलगायतका स्रोतबाट मह उत्पादन हुँदै आएको छ ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?