
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा ६०.३४ प्रतिशतको गिरावट आएको हो ।
कम्पनीले गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आवको सोही अवधिमा १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा पनि ४६.५८ प्रतिशतको गिरावट भएको तथ्यांकले देखाएको छ। गत आवको पुस मसान्तसम्म १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको पुस मसान्तसम्म ८ करोड ५८ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसैगरी समीक्षा अवधिमै कम्पनीको कुल आम्दानी १८.४५ प्रतिशतले घट्दा कुल खर्च भने ३१.७९ प्रतिशतले बढेको छ । अभिकर्तालाई दिइने कमिशन बापतको रकम पनि कम्पनीले ७९.६७ प्रतिशतको भारी कटौती गरेको छ। कुल आम्दानी ७२ करोड ४९ लाख रुपैयाँबाट ५४ करोड ३६ लाख रुपैयाँमा झर्दा कुल खर्च २७ करोड ७९ लाख रुपैयाँबाट बढेर ३६ करोड ६३ लाख रुपैयाँ नाघेको छ ।
कम्पनीले अभिकर्तालाई दिइने कमिशन बापतको रकम ७८ लाख रुपैयाँबाट ह्वात्तै घटाएर १५ लाख रुपैयाँमा झारेको छ भने लगानीबाट प्राप्त हुने आम्दानी पनि ४२ करोड ७४ लाख रुपैयाँबाट १८.४५ प्रतिशतले घटेर ३४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १३०.०२ रुपैयाँबाट घटेर ६६.४८ रुपैयाँमा कायम भएको छ।
चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७० करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। बीमा कोषको आकार ३ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल सम्पत्तिको मूल्य २५ अर्ब २८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय