
काठमाडौं । बुधबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिन पनि सामान्य अंकले घटेको बजार आज पनि १ दशमलव ८८ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६७५ दशमलव ५१ विन्दुमा पुगेको छ । तिहारपछि बजार खुलको दोस्रो दिन पनि सेयर बजार ओरालो लागेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८१ अंकले घटेर ४७७ दशमलव १८ विन्दुमा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा १३ उपसमूहको परिसूचकमध्ये ५ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ८ वटाको सेयर मूल्य भने घटेको छ । परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
अघिल्लो दिन ४ अर्ब २० करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्बभन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड १६ लाख ८६९ कित्ता सेयर ५५ हजार २३८ पटक खरिद बिक्री हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८५१ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना