
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई स्पष्टीकरण सोधिएको छ । यसमध्ये ५२ जनाले जवाफ दिएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको हो ।
२१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले तोकेको आचारसहिताविपरीत काम गरेपछि आयोगले स्पष्टीकरण सोध्ने गरेको छ । ५२ जनाले जवाफ दिए पनि बाँकीको जवाफ आउन बाँकी रहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
अनुगमन अधिकृतहरुले आचारसंहिता परिपालनाका लागि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने गर्दछन् । आचारसंहिता उल्लंघनका घटनाको जानकारी लिने र स्पष्टीकरण माग गर्ने विषय पनि अनुगमनका आधारमा अगाडि बढ्दछन् ।
आयोगका अनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील छन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल