
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो प्यानल सहितको उम्मेदवारी घोषणा गरेका छन् । हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले सोमबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ । केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला निर्वाचित भए महिला उपाध्यक्ष पनि चयन गर्ने विधानको प्रावधान छ ।
ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला समिति संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् । नरेश लाल श्रेष्ठ हाल निर्यात प्रवर्दन समिति संयोजक हुन् हुने कमला श्रेष्ठ महिला उद्यमी विकास समिति संयोजक हुन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह