
काठमाडौं। हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित गर्यो । हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो ।
ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो । ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे । एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे ।
सेमिफाइनलमा एन्जल्स हार्टको भेट संस्कृतिसंग हुनेछ भने ह्वाइट हेभेनले हिमालयको सामना गर्ने छ । गल्र्समा यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल तेजस्वी र मानसिंह तथा काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र बेलमोन्टबीच हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह