
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ‘फिक्स्ड डिपोजिट’मा केन्द्रित लगानीबाट बाहिर निस्कनु पर्ने बताएका छन् । नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हालको न्यून ब्याजदरले लगानी विविधीकरणको आवश्यकता बढाएको बताएका हुन् ।
उनले भने, ‘अहिले ‘फिक्स्ड डिपोजिट’को रेट २.७५ प्रतिशतसम्म झरेको छ, जुन एकदमै न्यूनतम विन्दु हो । यस्तो अवस्थामा हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा अलिकति लगानी विस्तार गरियो भने कन्सेन्ट्रेशन कम हुन्छ र दीर्घकालमा आम्दानीको सर्टेनिटी पनि कायम रहन्छ ।’ नयाँ वित्तीय उपकरणहरूले क्यापिटल मार्केटको विकासमा समेत टेवा पु¥याउने उनले बताए ।
अध्यक्ष कोइरालाले भने, ‘डिपोजिट प्रोडक्टमै मात्र निर्भर हुँदा बजारले ड्राइभ गर्छ । कहिले १२ प्रतिशतसम्म पुग्छ, कहिले २.७५ मा झर्छ । त्यसैले वैकल्पिक इन्स्ट्रुमेन्टले स्थायित्व दिन्छ ।’ अध्यक्ष कोइरालाका अनुसार विभिन्न खालका मार्केटहरूमा अहिले ‘हाइब्रिड इन्स्ट्रुमेन्ट’हरू आइरहेका छन् । त्यसमा लगानीलाई विस्तार गरियो भने त्यो कन्सेन्ट्रेशन कम भएर जान्छ ।
बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले देशभर करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन भएको र ५८ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको बताए । हाल कर्जा वृद्धिदर करिब ३.९ प्रतिशतमा सीमित रहेको उनको भनाइ छ ।












समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज