
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । आज अमेरिकी डलरको विनियदर एक पैसा र पाउण्डको मूल्य १६ पैसोल घट्दा युरोको १८ पैसाले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार बेलायती पाउण्डको मूल्य पनि केही घटेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको थियो ।
बिहीबार युरोको विनिमयदर भने बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिदर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा पुगेको छ ।
यता क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३६ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०७ पैसा कायम भएको छ ।
त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २१ पैसा पुगेको छ ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक