
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्व रामनवमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। मर्यादा, धर्म, सत्य र आदर्शका प्रतीक मानिने भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
धार्मिक मान्यताअनुसार भगवान् विष्णुले त्रेतायुगमा धर्मको रक्षा, अधर्मको अन्त्य र लंकाका अधर्मी राजा रावणको वध गर्न श्रीरामका रूपमा अवतार लिएका थिए। रामायणमा वर्णित श्रीरामको जीवनलाई सत्य, त्याग, कर्तव्य, मर्यादा र न्यायको अनुपम उदाहरणका रूपमा हेरिन्छ।
आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्याको पुत्रका रूपमा श्रीरामको जन्म भएको विश्वास गरिन्छ। आज देशभरका राम मन्दिर, हनुमान मन्दिर र विभिन्न धार्मिक स्थलहरूमा विशेष पूजाआजा, रामायण पाठ, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान आयोजना गरेर मनाइन्छ।
धार्मिक ग्रन्थहरूमा श्रीरामलाई मर्यादा पुरुषोत्तमका रूपमा वर्णन गरिएको छ। धर्म शास्त्रहरूमा रावणमाथिको विजयलाई युद्धको जीतको रूपमा मात्र नभई अहंकार, अन्याय र अधर्ममाथि सत्य, संयम र धर्मको विजयको रूपमा व्याख्या गरिएको छ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन