
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरेको हो ।
कम्पनीले त्यसपछि २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ६ गते रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
कीर्तिमानी मूल्यमा हिमालय टीभीले पायो एनपीएल प्रत्यक्ष प्रसारण अधिकार
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
जोखिमपूर्ण अवस्थाले खोजी तथा उद्धार अवरुद्ध हुनुहुँदैन : राष्ट्रपति पौडेल
‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी