
काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षको अवधिमा करिब २ खर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ठूला जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
गत वर्ष १४ वटा जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा १६.०५ प्रतिशतले व्यवसाय बढाएका छन् । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गर्न सफल भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा कुल ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १७.५९ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा कुल ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
त्यस्तै, व्यवसायको आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको भन्दा १६.७७ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँको व्यवसाय गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो व्यवसाय १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय २८.८० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा कुल ५ अर्ब ४५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एशियन लाइफको व्यवसाय २७.२३ प्रतिशतले वृद्धि भएर १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो कम्पनीको व्यवसाय ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा एलआइसी नेपालको कुल बीमा शुल्क आर्जन १०.०४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा कुल १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा यो कम्पनीको व्यवसाय १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ रहेको थियो । गत आवमा हिमालयन लाइफको व्यवसाय ६.३४ प्रतिशतले बढेर १७ अर्ब ६६ करोड रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७.७५ प्रतिशतले बढेर ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १३.१० प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष भरि सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आवको भन्दा २०.८५ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
त्यस्तै गत आवमा सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा १३.२१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ६ अर्ब १८ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा मेट लाइफले अघिल्लो आर्थिक वर्षको भन्दा १०.२० प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँको व्यवसाय गरेको थियो । गत आवमा आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो अघिल्लो आवको भन्दा १९.२३ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो । त्यस्तै गत आवमा प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा २२.८२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
गत आर्थिक वर्षमा रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २५.५५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ४ अर्ब २० करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको थियो ।












समाचार
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता