
काठमाडौं । भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु.१०० अंकित दरका ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसबाट जम्मा रु. ४० करोड उठाउने लक्ष्य राखिएको छ।
यस शेयर निष्काशनको व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। हिलोरा हिल्सका संचालक दीप विक्रम विष्ट र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच २०८२ चैत्र १९ गते नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।
हिलोरा हिल्स रिसोर्ट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने पहाडहरूको बीचमा अवस्थित छ। यसमा १०० भन्दा बढी कोठाहरू, स्काई भ्यू रेस्टुरेन्ट, इन्डोर स्विमिङ्ग पूल र पिकनिक स्पट लगायत सुविधाहरू रहेका छन्। साथै, रिसोर्ट १५००–२००० जनाका लागि भोज, सम्मेलन र कार्यक्रम संचालन गर्न सक्षम छ।
कम्पनीले निकट भविष्यमा साधारण शेयर निष्काशन प्रक्रिया शुरु गर्ने तयारीमा रहेको जनाएको छ। यस कदमले कम्पनीलाई पूँजी वृद्धिमा मद्दत पुग्ने र लगानीकर्तालाई आकर्षक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह