
काठमाडौं । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ र उक्त आयोजनामा लगानी गर्न कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१००÷– दरको १,००,००,००० कित्ता सेयरले हुने रकम रु.१,००,००,००,००० (अक्षरुपी एक अर्ब मात्र) बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु, आयोजनामा कार्यरत कर्मचारीहरु, सामुहिक लगानी कोषहरु तथा सर्वसाधारण समेतमा जारी गर्न लागेको छ ।
संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी रु.२ अर्व ५० करोड रहने छ । कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू