
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा आईएमई लाइफको नाफामा १४ प्रतिशतले बढ्न पुगेको छ। लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको भन्दा १४.१२ प्रतिशतले बढी देखिएको हो ।
यता चालु आवमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार चालु आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको देखिन्छ ।
कुल आम्दानी गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको भने खुद बीमाशुल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको विवरणमा देखिएको छ।
चालु आवको दोस्रो त्रैमासम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा १३ करोड ८२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको हो ।
साथै,समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ७४ पैसाबाट घटेर १० रुपैयाँ ७१ पैसा कायम भएको अवस्थामा यता कम्पनीको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा कायम रहन पुगेको छ।













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते