
काठमाडौं । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ४५७.६१ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
१०० अंक भन्दा बढीको गिरावट आएको दिन बजारमा १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक खरिद बिक्री हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल