
जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीयहरुलाई निजी प्रयोगशालाको भन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण गराउन सहज भएको छ । बोलपत्र प्रक्रियामार्फत औषधि तथा केमिकल खरिद भएसँगै प्रयोगशालाले केही महिनादेखि पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा थालेको हो । मधेस प्रदेश सरकारद्वारा सञ्चालित सो प्रयोगशालाबाट अहिले निजी क्षेत्रका प्रयोगशालाभन्दा न्यूनतम शुल्कमा दैनिक पाँच सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । मधेस प्रदेश स्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रयोगशालाले विभिन्न २५६ प्रकारको परीक्षण सेवा सञ्चालन गर्दै आएको छ ।
गत २०७८ साल कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेस प्रदेशका आठ वटै जिल्लाको १३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरी स्वास्थ्य परीक्षण सेवा दिँदै आएको निर्देशक डा यादवले बताए । प्रयोगशालाको जनकपुरधामस्थित प्रयोगशाला र विभिन्न पालिकाहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाहरुबाट आर्थिक वर्ष २०८२/८३ मा मात्र आठ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको निर्देशक डा यादवले जानकारी दिए।
उनका अनुसार सो अवधिमा जनकपुरधामस्थित प्रयोशालाबाट दुई लाख तीन हजार ५८७ र स्थानीय तहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोशालाबाट छ लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
सो प्रयोगशालाले आव २०८२/८३ मा स्वास्थ्य परीक्षणबाट रु चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन गरेको छ । निर्देशक डा यादवका अनुसार जनकपुरधामस्थित प्रयोशलामा गरिएको स्वास्थ्य परीक्षणबाट रु दुई करोड ७५ लाख ५२ हजार ५२२ र स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणबाट रु दुई करोड ९९ हजार ५६५ गरी रु चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन भएको छ ।
प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई शुल्कको ९० प्रतिशत र आपाङ्ता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ । हाल सञ्चालनमा ल्याइएको ‘इन्टिग्रेटेड’ सेवा प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ । नेपालका धेरै सरकारी स्वास्थ्य संस्थामा बिरामीले विभिन्न शाखा धाउनुपर्ने अवस्था रहँदै आएको सन्दर्भमा यस्तो व्यवस्था सेवामैत्री सुधारको उदाहरण भएको स्थानीयहरुको भनाइ छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल