
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत महिनाका अन्तिम दुई दिन बीमालेख जारी गर्न नपाउने भएका छन् । जीवन बीमा कम्पनीहरुले २७ गते(आज)सम्म मात्र बीमालेख जारी गर्न पाउने भएका हुन् ।
सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै चैत ३० गते कुनै पनि बीमालेख जारी गर्न नपाउने भएका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकार गर्न नपाउने व्यवस्था गरेको छ । सरकारले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेसागै बीमा कम्पनीहरुले चैत महिनाका लागि आजसम्म मात्रै बीमालेख बिक्रि गर्न पाउने छन् ।
जीवन बीमा कम्पनीहरुले २९ र ३० गते भने कुनै पनि बीमालेख जारी गर्न पाउने छैनन् । नियामकीय एकीकृत सूचना प्रणाली (इन्स्योरेन्स रेगुलेटरी इन्फरमेसन म्यानेजमेन्ट सिस्टम, आईआरएमआईएस)ले बीमकबाट वास्तविक समयको कारोबार तथ्यांक संकलन गर्ने र पुरानो मितिमा हुने बीमा कारोबारमाथि निगरानी राख्ने गरेको छ ।
वास्तविक समयको कारोबार विवरण संकलन गर्न अयोग्य रहेका कारण प्राधिकरण बीमकले उपलब्ध गराउने बासी तथ्यांकमै पूर्ण निर्भर छ । यही कारणले प्राधिकरणले प्रत्येक त्रैमासमा २ देखि ३ दिनका दरले ४ वटा त्रैमासमा झन्डै ८ दिन बीमालेख बिक्रीमा रोक लगाइरहेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै