
काठमाडौं । भक्तपुरमा वैशाख ११–१३ गतेसम्म खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुँने भएकाे छ । देशभरका खेलाडीको सहभागिता अपेक्षा सहित भक्तपुरमा “खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३” आयोजना हुने भएको हाे।
वैशाख ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ। भक्तपुर जिल्ला हक्की संघको आयोजनामा हुने यस प्रतियोगितामा विद्यालयस्तरका महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता द्रुत र रोमाञ्चक *Hockey 5s* ढाँचामा सञ्चालन हुनेछ। यस प्रतियोगितामा भक्तपुर जिल्ला मात्र नभई अन्य जिल्लाहरूबाट पनि खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू तथा मधेस प्रदेशका जिल्लाहरूबाट समेत टोलीहरू सहभागी हुने सम्भावना रहेको आयोजकले जनाएको छ।

“यस प्रतियोगिताले युवाहरूलाई हक्की खेलतर्फ आकर्षित गर्नुका साथै अनुशासन, टिमवर्क र खेलभावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” भक्तपुर जिल्ला हक्की संघका अध्यक्ष पुष्कर केसीले बताए ।
कार्यक्रमको उद्देश्य:
“हामीले प्रतियोगितामार्फत जिल्लाभित्र मात्र होइन, बाहिरका खेलाडीहरूलाई पनि एकै मंचमा ल्याउने लक्ष्य राखेका छौं। देशका विभिन्न प्रदेशबाट सहभागिता हुने अपेक्षा गरेका छौं, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र भव्य बनाउनेछ,” अध्यक्ष केसीले थपे ।
आयोजकले प्रतियोगितामा सहभागी हुन तथा अवलोकन गर्न सम्पूर्ण खेलप्रेमी, विद्यार्थी तथा हक्की खेलाडीहरूलाई हार्दिक निमन्त्रणा दिएको छ। यस प्रतियोगिताले हक्की खेलको प्रवर्द्धन र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।













समाचार
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति
माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा सम्पन्न
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै