
काठमाडौं । मध्यपूर्वमा पुनः भयानक युद्ध सुरु हुने भएको छ । अमेरिकाले अबको केही घण्टाभित्रैमा इरानमा भिषण आक्रमणको तयारी गरेसँगै मध्यपूर्वको आकाशमा युद्धको कालोबादल मडारिन पुगेको हो ।
अमेरिका र इजरायलले अबको केही घण्टा वा आजै रातिबाट सैनिक आक्रमणको तयारी सुरु गरिसकेको छ । अमेरिकी वायु सेनाको जहाज यतिबेला इरान नजिकै पुगिसकेको छ । उता, इजरायलले पनि इरानमाथि सैनिक आक्रमण सुरु गरिसकेको छ । टाईम्स अफ इजरायलका अनुसार इजरायली सेनाले अमेरिकी सैनिक विकल्पको लागि काम गरिरहेको जनाएको छ । इरानले पनि अमेरिकी आक्रमणको कडा प्रतिवाद तयारी गरिरहेको छ । इरानको रिभोलुसनरी गार्डले अमेरिकालाई कडा र पीडादायी परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेको छ ।
मध्यपूर्वमा पुनः युद्ध चर्किदा त्यहाँ रहेका करिब १९ लाख नेपालीहरुको सुरक्षा जोखिममा पर्नेछन् । उता, अबको युद्ध मध्यपूर्वका युएई पनि भिषण युद्धको चपेटामा पर्ने देखिएको दुबईले इजरायलको लेजर हतियार र मिसाइल डिफेन्स सिष्टम तैनाथ राख्दै इजरायली सेना समेत उतारिएकोले उक्त देशले नसोचेको गम्भिर परिणाम भोग्ने देखिएको छ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला