
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर १७४ जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीले पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४ हजार ६३१ दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म चार हजार ६३१ दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए । मृत्यु हुनेमध्ये धेरै युवाहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ९३ जना युवाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यसमा पनि १७ वर्षमूनिका ७ जना छन् भने १६ देखि ३५ वर्षसम्मका ८६ जना छन् । त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला छन् । त्यस्तै, एक बालक र दुई बालिकाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
यसैगरी, दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका चार हजार ९२७ जना सामान्य घाइते रहेको ट्राफिक प्रहरीले जनाएको छ । विशेष गरेर तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । यससँगै गाडी चलाउँदा मोबाइल फोनको प्रयोग लगायत पनि दुर्घटनाका कारण बनेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम