
काठमाडौं । नयाँ जलविद्युत आयोजनाहरुबाट थप ४९५ मेगवाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । उर्जा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा थप ४९५ मेगावाट उत्पादन क्षमता बराबरका नयाँ विद्युत उत्पादन गृहहरू राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भएका छन् ।
२०८२ पुससम्म ४,०८६ मेगावाट (परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक) विद्युत उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भएको छ । मन्त्रालयले विद्युत उत्पादन बढ्दा यसको खपत पनि बढेको छ । हाल प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसङ्ख्या ९९.० प्रतिशत पुगेको छ।
यस अवधिसम्म ६६ किलो भोल्ट भन्दा माथिका करिव ७२४७ सर्किट किलोमिटर प्रसारण लाइन तथा १४,१२३ मेगाभल्ट एम्यपाएर क्षमताको सबस्टेशन निर्माण भएका छन् । मन्त्रालयले विद्युत चुहावट पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ । हाल विद्युत चुहावट १२.७३ प्रतिशत रहेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित