
काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो ।
२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भई २०८२ चैत मसान्तमा रु.३४९४ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ चैत मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई रु.३०८२ अर्ब ४१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ चैत मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई रु.४१२ अर्ब ३२ करोड कायम भएको छ । २०८२ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेकोछ ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५७.२ प्रतिशत, १५३.१ प्रतिशत र ४१.२ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित