
काठमाडौं । नेपाली रुपैयाँ विदेशी मुद्राको तुलनामा थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गगरेको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको सटहीदर बढेको हो ।
अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य पनि आज बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदुर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा रहेको थियो । आज एक युरोको खरिददर १४९ रुपैयाँ ७५ पैसा र बिक्रीद १५० रुपैयाँ ४२ पैसा पुगेको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा रहेको थियो ।
मंगलबार बेलायती पाउन्ड स्ट्रलिङको विनिमयदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ पैसा पुगेको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ १५ पैसा र बिक्रीदर ४ रुपैयाँ १७ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा, दक्षिण कोरियन वन १०० खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०८ पैसा र बिक्रीदर २० रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५६ रुपैयाँ ४९ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन