
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा रहेको थियो । त्यस्तै आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा रहेको थियो ।
त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४ रुपैयाँ ७१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९४ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन