
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।
नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले तथा तेस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा छ ।
एकदिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका १२ पटक खेलेका छन् । नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल