
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूका लागि १ सेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ४० लाख कित्ता हकप्रद सेयर खुला गरेको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिने सम्बन्धित शेयरधनीहरूमा ३५ लाख २५ हजार ३०४ कित्ता हकप्रद शेयर जेठ ७ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। आफ्नो कायम हकभन्दा बढी आवेदन दिने सेयरधनीको रकम आजैदेखि फिर्ता गरिने कम्पनीले बताएको छ।
बाँडफाँडमा बाँकी बसेको ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर कम्पनीले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याउनेछ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरिरहेको छ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित