
काठमाडौं । एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ । सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।
समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।
नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार