
काठमाडौं । सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आज असार २ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा ३६.९१ गुणा बढी आवेदन परेको छ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोष र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याएर ७ लाख ५ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिने यस आईपीओमा आज अन्तिम दिनसम्म २४ लाख ६३ हजार ४२९ जना आवेदकले २ करोड ६७ लाख ४३ हजार ६४० कित्ता माग गर्दै आवेदन दिएका छन्।
आईपीओ बाँडफाँड हुँदा भाग्यशाली ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने २३ लाख ९२ हजार ८७९ जना आवेदकको हात खाली रहनेछ। अर्थात् लभगभ प्रत्येक ३५ जना आवेदकमध्ये १ जना भाग्यशालीले १० कित्ता शेयर पाउनेछन्।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो