
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ६० करोडको ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाउन लागेको छ । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ६० करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्ने छन् । ५ अर्बको नयाँ र १३ अर्ब ६० करोडको नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसा र २८ दिनको लागि ५ अर्ब नयाँको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी साउन १९ गते परिपक्क हुनेछ । त्यस्तै, १२८ दिनको ५ अर्ब र ३६४ दिनको ८ अर्ब ६० करोड ट्रेजरी बिल नवीकरण लागि बोलकबोल हुन लागेको हो । १२८ दिनको पौष २१ गते र ३६४ दिनको २०८४ असार २२ गते परिपक्क हुनेछ । बोलकबोलमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
यसअघि असार १५ गते २८ दिन अवधिको ५ अर्ब ट्रेजरी बिलको खरिदका लागि २४ अर्ब ९८ करोडको रुपैयाँको बोल परेको थियो । जसको औषत छुटदर १.३९ प्रतिशत रहेको थियो । ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि १८ अर्ब ५ करोड रकम बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.३६ प्रतिशत रहेको थियो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै