
बागलुङ । ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन् । सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ । उहाँले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि गरेका छन् । पाँच वटा हाइटेक टनेलसहित खुला जग्गामा काक्रो, भेन्टा, धनिया, सिमी, बोडीलगायत तरकारी बिक्रीबाट सापकोटाले वार्षिक १८ लाख आम्दानी गर्दै आएका छन् ।
“पहिलो पटक आफ्नो कृषि उत्पादन पोखरा पुगेको छ, पाँच रोपनी जग्गामा मात्रै खुर्सानीखेती लगाएको छु, यस सिजनमै खुर्सानीबाट दुई लाख ५० हजार देखि तीन लाखसम्म आम्दानी हुने देखियो”, सापकोटाले भने । “खुर्सानीको उत्पादन धेरै भएपछि बागलुङ बजारमा खपत नभएकाले पोखराको बजारमा खुर्सानी पठाउन थालेको छु, अहिले काक्रो, केरा, धनिया र भेण्टाको उत्पादन बढेका । दैलोमै कालोपत्र सडक आएपछि ढुवानीको समेत समस्या छैन”, सापकोटाले भने । पोखरामा ५००, बागलुङमा ४०० केजी खुर्सानी बिक्री भइसकेको छ । तीन महिना लगातार खुर्सानीको उत्पादन भइरहेको उनले बताए । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत नमूना कृषि फर्म सञ्चालन गर्दै आएका सापकोटाले पाखो जग्गामा थप केराखेती सुरु गरेका छन् ।
कालीगण्डकी पशुपालन तथा कृषि फर्ममार्फत ३४ वर्षदेखि बाबुको पदचाप पछ्याउँदै तरकारीखेतीमा लागि परेका सापकोटाले गाईभैँसी पालनमार्फत दैनिक ३० लिटर दूध बिक्री गर्दै आएका छन् । दुई जनालाई रोजगारी दिएका उनले तरकारी खेतीबाटै दुई छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्टे«लिया पठाएका छन् ।
कृषिमा भित्रिएको प्रविधिका कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा, केरा र दुध बिक्रीबाट वार्षिक १८ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “यही कमाइबाट छोरालाई उच्च शिक्षासम्म अध्ययनका लागि अमेरिका र अष्ट्रेलिया पठाएको छु, पढाइ सकेर स्वदेशमै आउन सल्लाहसमेत दिएको छु, आम्दानीबाट मल, बीउ, कर्मचारी र अन्य खर्च कटाएर १२ लाख त बचतै हुने गरेको छ ।”












समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै