
काठमाडौं । यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको अन्तिम तथ्यांक अनुसार देशभरि समग्रमा ९८.५६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
विभागका अनुसार यस वर्ष देशभरि धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ६९ हजार ६ सय ८० हेक्टर रहेकोमा १३ लाख ५० हजार २४ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा देशभरि जम्मा ९४.६६ प्रतिशत मात्र रोपाइँ भएको थियो । जसको तुलनामा यस वर्ष समग्र रोपाइँ दरमा राम्रो वृद्धि भएको देखिन्छ ।
प्रदेशगत तथ्यांकलाई विश्लेषण गर्दा यस वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको थियो ।
त्यसैगरी, अन्य प्रदेशहरूमध्ये कोशी प्रदेशमा गत वर्ष ९६.६७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष बढेर ९८.८२ प्रतिशत पुगेको छ । मधेश प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको मधेशमा यस वर्ष ९८.२३ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशमा पनि गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । बागमती प्रदेशमा गत वर्ष ९७.२७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष त्यो दर ९७.८२ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ९४.८३ प्रतिशत रहेको रोपाइँ दर यस वर्ष बढेर ९९.३१ प्रतिशत पुगेको छ ।
देशभरिका अधिकांश प्रदेशमा रोपाइँ दर बढे पनि लुम्बिनी प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत सामान्य घटेको छ । गत वर्ष लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.८७ प्रतिशत मात्र रोपाइँ भएको तथ्यांकले देखाएको छ ।












समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै
भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह