
काठमाडाैं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।
पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । ‘सुरूमा लगेर त्यहाँ रहेका बिक्रेतालाई एक–एक कार्टुन दिन्छौँ । त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौं,’ उनले सुनाए ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइएपनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ ।दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै