
काठमाडौं । अमेरिकी सेनाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण सुरु गरेको घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि खुला रूपमा आक्रमण गरेको आरोप लगाएपछि नयाँ आक्रमण सुरु गरिएको जनाएको छ।
सेन्टकमका अनुसार आक्रमणपछि जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको छ। त्यसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन भने एक चालक दलका सदस्य अझै बेपत्ता छन्। अमेरिकी सेनाले जुन १६ मा भएको शान्ति सम्झौताअन्तर्गत इरानलाई आफ्नो प्रतिबद्धता देखाउने अर्को अवसर दिइएको भए पनि उसले त्यसको पालना गर्न असफल भएको दाबी गरेको छ।
सेन्टकमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि पनि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर दिइएको थियो, तर उसले फेरि त्यसमा असफलता देखाएको छ।’
वक्तव्यमा थप भनिएको छ, ‘यसको प्रत्युत्तरस्वरूप अमेरिकाले इरानको नागरिक जलयात्री तथा होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर पार्न निरन्तर सैन्य कारबाही गरिरहेको छ।’











समाचार
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेप्सेमा ९३ लाख कित्ता सेयर सूचीकृत
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
किसानलाई अनुदानमा कृषि सामग्री वितरण
भानु साहित्य उद्यानलाई २४ करोड
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन