
काठमाडौं । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) ले टेस्ट टोलीका मुख्य प्रशिक्षक ब्रेन्डन म्याककलमलाई पदबाट हटाएको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास र कप्तानी छाड्ने घोषणा गरेको दुई सातापछि आएको यो निर्णयसँगै इंग्ल्यान्डको चर्चित ‘बाजबल’ युगको पनि अन्त्य भएको छ।
न्युजिल्यान्डका पूर्वकप्तान समेत रहेका म्याककलम इंग्ल्यान्डको सीमित ओभर (ह्वाइट–बल) टोलीका मुख्य प्रशिक्षकका रूपमा भने निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदानबाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको हो।
क्रिकेट निर्देशक रोब की आफ्नो पदमै रहनेछन्। पुरुष टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि इसिबीले म्याककलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको जनाएको छ।
‘टेस्ट टोलीलाई प्रशिक्षण दिन पाउँदा निकै रमाइलो लाग्यो र हामीले सँगै हासिल गरेका उपलब्धिप्रति म गर्व गर्छु। धेरै अविस्मरणीय सफलता र केही कठिन दिन पनि आए, त्यो चुनौतीको हिस्सा हो,’ म्याककलमले भने। ‘अवश्य पनि निरन्तरता नपाउँदा दुःख लागेको छ, तर बोर्डको निर्णयलाई सम्मान गर्छु। अब मेरो सम्पूर्ण ध्यान ह्वाइट–बल टोलीलाई अझ राम्रो बनाउनेतर्फ हुनेछ।’













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन