
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २१ खर्ब भन्दा बढीको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा २१ खर्ब २० अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । २०८३ जेठ महिनामा विप्रेषण आप्रवाह रु.२०३ अर्ब ८९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२३२१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१६६९ अर्ब ५१ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ३,५५,७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४,५२,३२४ र ३,०८,०६७ रहेको थियो ।











समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर