
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ।
मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज बिहीबार दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भू–भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
तराई क्षेत्रतर्फ मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै