
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा सुधार देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ७.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा पनि १५.६२ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो नाफा २ अर्ब रुपैयाँ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.५६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा यस्तो आम्दानी ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय खर्च अघिल्लो वर्षको २९ करोड ६२ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा टेवा पुर्याएको छ । कम्पनीको चुक्ता पूँजी अघिल्लो वर्षको ४.९७ अर्बबाट बढेर ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जगेडा कोष ४ अर्ब ८७ करोड र पुनःमूल्याङ्कन कोष ३३ करोड ६८ लाख रुपैयाँ गरी कुल इक्विटी १० अर्ब ४३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ ।













समाचार
वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी
चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर
घुससहित पक्राउ परेका विद्युतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
ढुक्क हुनुस्, सरकार काम गरिरहेको छ : बालेन
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
मनकामना केबलकार भोलि बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू
सेयर बजारमा २० अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित