
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली देखिएको छ । अघिल्ला चार दिन घटेको बजार साताको अन्तिम दिन १२.९६ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६८५.५४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.४४ अंकले बढेर ४७०.१३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।
सेयर बजार बढेको दिन बजारमा ३ अर्ब ७५ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ४६ हजार ७५२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै