
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका हुन्।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ सदस्यमध्ये २२ जना मतदानमा सहभागी भई विपक्षमा मत दिएका थिए।
यस्तै, राप्रपाका सभामुखसहित ५ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा तटस्थ रहेका छन्। जनता समाजवादी पार्टी (जसपा)की एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्।
९३ सदस्यीय कोसी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन ९ गते भएको तीनबुँदे सहमतिसँगै कोसी प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो। नयाँ समीकरणअनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपरेको थियो।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई तत्कालका लागि सरकार सञ्चालनका लागि आवश्यक संसदीय समर्थन सुनिश्चित भएको छ।













समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
एलआरआर मोटर्सले नेपाल ल्यायो लक्जरी चिनियाँ ब्राण्ड ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने