
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मंगलबार देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन मंगलबार बिहान ९ बजेदेखि हुनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन भोलि बिहान ९ बजे हुनेछ। यस पटकको नाडा अटो शोको उद्घाटन कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव मुख्य अतिथिको रूपमा सहभागी हुने उनले जानकारी गराए ।
आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ।












समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
एलआरआर मोटर्सले नेपाल ल्यायो लक्जरी चिनियाँ ब्राण्ड ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने