कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ ।

उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।

गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र बार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट